झन्डै साठी हजारलाई औसत असी दिन रोजगारी

15.8k Shares

काठमाडौँ - प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आर्थिक वर्ष २०८०-८१ मा देशभर साढे ६० हजार बेरोजगारले औसतमा ८० दिनको रोजगारी प्राप्त गरेका छन् । सरकारले यो वर्ष ६० हजारलाई रोजगारी दिने लक्ष्य राखेकामा ६० हजार ५७१ जनाले रोजगारी पाएका हुुन् । नेपालभर आव २०८०-८१ मा सूचीकृत बेरोजगारको सङ्ख्या भने आठ लाख ५८ हजार १५४ रहेको छ ।

सरकारले गत आवमा उक्त कार्यक्रमका लागि पाँच अर्ब ९४ करोड, ६९ लाख रुपियाँ विनियोजन गर्दै ८६ हजार जनालाई रोजगारी दिने घोषणा गरेको थियो । श्रम मन्त्रालयले गत वर्षको साउन १ देखि लागु हुुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार रुपियाँबाट बढेर १७ हजार तीन सय रुपियाँ बनाएको हुँदा उक्त रकमबाट ६० हजारलाई मात्रै रोजगारी दिन सकिने भनेर राष्ट्रिय लक्ष्य राखेको थियो । 

प्रधानमन्त्री रोजगार कार्यक्रमका उपनिर्देशक उपसचिव वसन्तबहादुर बोहोराले प्रधानमन्त्री रोजगार कार्यव्रmमका लागि उपलब्ध बजेटका आधारमा श्रम मन्त्रालयले निर्धारण गरेको लक्ष्यभन्दा बढी सङ्ख्याले रोजगारी प्राप्त गर्ने दाबी गर्नुुभयो । केही स्थानीय तहले तथ्याङ्क पठाउन बाँकी रहेको जानकारी दिँदै चालु आवमा लक्ष्यभन्दा बढी युवाले रोजगारी पाउने उहाँको भनाइ छ । 

पाँच आवभित्र प्रधानमन्त्री रोजगार कार्यव्रmममार्फत सञ्चालन गरिएका रोजगारी सिर्जनाका कार्यक्रममा विनियोजित बजेट खर्च हुन नसकेपछि चालु आवमा यसको बजेट घटाएर झन्डै छ अर्ब विनियोजन गरेको छ । 

यस कार्यक्रम अन्तर्गत पालिकास्तरका आयोजनामा धमाधम काम भइसकेको र कतिपय पालिकामा काम सम्पन्न भएर तथ्याङ्क उपलब्ध नभएकाले सङ्ख्या थोरै देखिएको उहाँको भनाइ छ । यस कार्यक्रमबाट सङ्ख्यात्मक र समय अवधिका हिसाबले पनि विगतका वर्षको तुलनामा सुुधार हुुने बोहोराले दाबी गर्नुुभयो । उहाँका अनुसार बजेट छुुट्याउँदा न्यूनतम एक सय दिनको रोजगारीको कार्यक्रम भएकाले कतिपयको समय अवधि थोरै भएकाले यो पटक सङ्ख्यात्मक रूपमा लिएको लक्ष्यभन्दा धेरै सङ्ख्याले रोजगारी प्राप्त गर्ने देखिएको छ । 

गत आवमा उक्त कार्यक्रमका लागि पाँच लाख ३५५ जना महिला, तीन लाख ८४ हजार ७०९ जना पुुरुष र अन्य ९० जनासहित गरी आठ लाख ८५ हजार १५४ जना बेरोजगारको सूचीमा सूचीकृत भएका थिए । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार