बागमती नदीमा बेपत्ता बालकको शव भेटियो

18.1k Shares

रौतहट- रौतहटस्थित बागमती नदीमा बेपत्ता बालकको शव मंगलबार प्रहरीले फेला पारेको छ। सोमबार बागमती नदीमा डुबेका तीन बालकमध्ये दुईको उद्धार गरिएको थियो भने एक बेपत्ता थिए। 

गढिमाई नगरपालिका–३ लक्ष्मीपुर बस्ने हकुदिन कवाडीको छोरा अन्दाजी वर्ष १० को सफर कवाडीको शव गढीमाई नगरपालिका–७ धर्मपुरस्थित बेपत्ता भएको स्थानबाट तीन किमी दक्षिण नदी किनारमा फेला परेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले जानकारी दिए।

पानीमा डुबेका अन्य दुई बालकहरु १३ वर्षीय सैदुला कवाड़ी र आठ वर्षीय हसर कवाड़ीको सकुसल उद्धार गरिएको हुमागाईं बताए। पानीमा डुबेका सैदुला कवाड़ीको उपचार रोमा अस्पताल गरुडामा भइरहेको र अवस्था सामान्य रहेको उनले जानकारी दिए।

सम्बन्धित समाचार