साथीभाइको आग्रह पछि जनजाति केन्द्रीय सदस्यमा गुरुङले बनाए उम्मेदवारी दिने सोच

19.3k Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा पार्टीको नेतृत्व तहमा जानेहरुको आकांक्षा बढ्दै गएको छ । 
नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउँदो भदौ १७ देखि १९ गतेसम्म काठामाडौंमा हुने भएको छ । सो अधिवेशनमा पूर्व राज्य मन्त्री तथा नेपाली कांग्रेस पार्टीमै लोकप्रिय नेताको रुपमा परिचय दिइसक्नु भएका र मनाङ जिल्लाबाट दुईपटक सभापतिको सफल जिम्मेवारी सम्हालिसक्नु भएका टेक बहादुर गुरुङ पनि जनजातिको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सोचमा हुनुहुन्छ । 
गुरुङलाई पार्टीभित्रैबाट धेरै नै साथीभाईहरुले अब तपाईं जत्तिको मान्छे केन्द्रीय सदस्यमा आउनुपर्छ भन्ने आग्रह गरेका कारण आफू जनजातितर्फबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिने सोचमा रहेको उहाँले बताउनुभएको छ ।
नेपाली कांग्रेस पार्टीभित्र स्थानीय, जिल्ला, प्रदेशदेखि लिएर केन्द्रसम्मका नेता तथा कार्यकर्ताहरुमाझ लोकप्रिय नेताको रुपमा गुरुङलाई चिनिने गरिन्छ । गुरुङको जनजाति केन्द्रीय सदस्यको उम्मेदवारी दिने तयारी रहेको जानकारी पाएका नेता तथा कार्यकर्ताहरुले गुरुङलाई जिताउन आ—आफ्नो ठाउँबाट पहल गरिसकेको एक केन्द्रीयस्तरका नेताले खोजतालसलाई जानकारी गराएका छन् । 
विशुद्धरुपमा समाजसेवामा लाग्नु भएका गुरुङले पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोना भाइरसको बेला र बाढीपहिरोको विपत्तिको बेला पनि अहोरात्र खटी पीडितहरुलाई घर—घरमा गई मल्हम लगाउने कार्य गर्दै आइरहनुभएको छ । यस्तै कार्यको मूल्यांकन गर्दै विभिन्न संघसंस्थाहरुले उहाँलाई सम्मान पनि गर्दै आइरहेको छ ।


विगत केहि साता अघिदेखि मनाङको ठाडो खोला र मर्स्याङदी नदीमा आएको बाढी पहिरोका कारण घरवारविहिन भएका र जोखिममा परेकाहरुका लागी गुरुङले ग्याल्सुम्दो समाज मार्फत् सहयोग जुटाउनुका साथै विपत्तिमा परेकाहरुलाई व्यक्तिगत तबरबाट पनि दैनिक उपभोग्य सामाग्रीहरु वितरण गर्दै आइरहनुभएको छ । 
नेपाली कांग्रेस मनाङ सभापति एवम् पूर्व श्रम तथा रोजगार मन्त्रीसमेत रहनुभएका गुरुङले बाढी पहरो प्रभावित क्षेत्रमा स्थलगत अबलोकन गरी पीढितहरुलाई भावी कार्ययोजना बनाई उनीहरुलाई सोही अनुसार राहत वितरण गर्ने कार्यमा जुटिरहनुभएको छ । गुरुङले आफ्नै व्यक्तिगत खर्चमा बाढी पहिरोका कारण विजुली बत्तीबाट बञ्चित बनेका पीडितहरुलाई सोलार बत्तीको व्यवस्थासमेत गरिदिनुभएको छ । उहाँले मनाङको थानचोक र तिमाङमा ८० वटा सोलर वत्ति, सदरमुकाम चामेमा ११८ वटा सोलार वत्ती र कोतोमा ४० वटा सोलार वत्ती वितरण गर्नुभएको छ । त्यस्तै, अन्य अत्यावसेक सामाग्रीहरु पनि सहयोग गर्दै आइरहनुभएको छ । उहाँले भविष्यमा आउने संकट निवारण र विद्युत, टेलिकम टावर र सडक सञ्चालनको लागि पनि सम्बन्धित निकायमा गई पहल गरिरहनुभएको छ । 

सम्बन्धित समाचार