ललितपुरको प्युटारमा पहिरो, १ जनाको मृत्यु

16.3k Shares

काठमाडौं  ।  दक्षिण ललितपुरको वाग्मती गाउँपालिका वडा नं ४ प्युटारस्थित बगुवा भन्ने ठाउँमा पहिरो खस्दा एक व्यक्तिको मृत्यु भएको छ ।  

बुधबार देखिको अविरल वर्षासँगै बगेको पहिरो पन्छाउने क्रममा आज गाउँपालिकाभित्र बस्ने सर्लाही जिल्ला घर भएका अन्दाजी ३५ वर्षका गोविन्द मगर पुरिएको खबर प्राप्त भएको महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । रासस

सम्बन्धित समाचार