17.1k
Shares
बरहथवा (सर्लाही) । सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएकी वाग्मती नगरपालिका–१ की ६४ वर्षीया गोमा आले मगरको उपचारका क्रममा मृत्यु भएको हो ।
आज बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा पर्साको वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।