15k
Shares
काठमाडौं । वर्षाका कारण रोकिएको आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत भारत र अस्ट्रेलियाबीचको खेल पुनः सुरु भएको छ । सोमबार टस हारेर ब्याटिङमा आएको भारतले ४।१ ओभरमा एक विकेट गुमाएर ४३ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । खेल रोकिएको केहीबेरमै पुनः सुरु भएको हो ।
भारतबाट हाल क्रिजमा रहेका कप्तान रोहित शर्मा ५० रनमा र ऋषव पन्त दुई रनमा खेलिरहेका छन् । त्यसअघि भारतले ओपनर विराट कोहलीलाई शून्यमा गुमाएको थियो । सेमिफाइनलमा पुग्न आज अस्ट्रेलिया जितको दबाबमा छ ।