भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वजको गैर जिम्मेवारी जवाफ

17.3k Shares

काभ्रे । काभ्रे पलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाका अध्यक्षले कोरोना भाइरसको महामारीको फाइदा उठाउँदै सेटिङमै नदी दोहोन गर्दै अबैधरुपमा बालुवा उत्खनन् गरेको पाइएको छ ।
भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरको पहलमै अबैधरुपमा बालुवा उत्खनन् गरी दिन दुई गुणा, रात चौगुणाको हिसावले आर्थिक उन्नति गरेको स्थानीयले आरोप लगाएका छन् ।
मुलुकभर दोस्रो कोरोना भाइरसका कारण लाखौं संक्रमित र हजारौंको मृत्यु भइरहेको बेला जनताको सेवा गर्न छाडेर बालुवा तस्करहरुसँग सेटिङ मिलाई बालुवा तस्कर गरी करोडौं रुपैयाँ कमाउन सफ लबनेको भुम्लु गाउँपालिकाका असन्तुष्ट जनप्रतिनिधिहरुले बताएका छन् । 
भुम्लु गाउँपालिकाको क्षेत्रमा पर्ने सुनकोसी नदी (दोलालघाट–बिमिरे) क्षेत्रमा अहिले अवैध रुपमा बालुवा उत्खनन् भएको पाइएको हो । भुम्लु गाउँपालिकाले आफ्नो क्षेत्र अन्तर्गत पर्ने सुनकोसी नदीको किनार (दोलालघाट–बिमिरे)मा बालुवाको आफ्नो आसेपासे, कार्यकर्ता पोष्ने नीति बनाई नाम मात्रको टेन्डर आह्वान गरिएको थियो । जसअन्तर्गत् आँपघर बगर, आमथली बगर, बाँधबगर, डुम्रे बगर, पशुपति बगर, डडुवा बगर, ज्याम्दी बगर र सिलामे बगर गरी आठ ठाउँमा टेन्डर आह्वान गरिएको थियो । शुभलक्ष्मी कन्ट्रक्सनलगायतका कम्पनीहरु र सो गाउँपालिकामा पर्ने क्रसर उद्योगहरुले सेटिङमै टेन्डर हात पारेको नाम नछाप्ने सर्तमा सो गाउँपालिकाका वडा अध्यक्षले बताए । 
बालुवा उत्खनन् गर्दा कुनै पनि मेशीनरी औजारहरु प्रयोग गर्न नपाउने सरकारको लागु गरेको कानुनलाई समेत लत्याई नदीमा स्काभेटर नै प्रयोग गरेर जथाभावी बालुवा उत्खनन् गर्दा सुनकोशी नदीले धार नै परिवर्तन गरी ठूलो क्षति हुने सम्भावना बढेर गएको स्थानीयको आरोप छ । 
स्थानीयका अनुसार उच्च राजनीतिक पहुँच देखाएर प्रहरी प्रशासनदेखि स्थानीय तहसँगको ‘सेटिङ’ मा बालुवाको अवैध उत्खनन् भइरहेको छ । भुम्लु गाउँपालिकाअन्तर्गत त्रिवेणी, समनान्तर, चोक्कादेवी, कृपाश्री लगायत दर्ता भएका तथा दर्ता नभएका दर्जनौं अबैध क्रसर उद्योग तथा वासिङ प्लान्टहरु सञ्चालित छन् । समनान्तर क्रसर उद्योग लगायत केही क्रसर उद्योगहरुले स्थानीय सरकारसँग सेटिङ गरेर केही बगरहरुमा एकलौटी टेन्डर हात पारेका थिए भने अन्य कम्पनीहरुले पनि ती क्षेत्रका क्रसर उद्योगहरुसँग समन्वय गरेरै बालुवा उत्खनन् गरिरहेका छन् । 
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय एवं प्रदेश सरकारबाट जारी नदीजन्य पदार्थ (सङ्कलन र उपयोग) सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधिको दफा–३ बमोजिम कायम मापदण्ड विपरीत सञ्चालन भइरहेको उक्त क्रसर उद्योगहरुमा स्वयम् गाउँपालिकाको अध्यक्ष तथा राजनीतिक दलका शिर्ष नेताहरुको संरक्षण रहेको बुझिएको छ । ढुङ्गा गिट्टी, बालुवा उत्खनन् विक्रि तथा व्यवस्थापन सम्बन्धि मापदण्ड–२०७७ अनुसार खानी जन्य पदार्थको उत्खनन्को लागि स्थानीय तहमा गठित प्राविधिक समितिको सिफारिस बमोजिम तोकिएको निकायबाट अनुमति लिएर मात्रै उत्खनन् गर्न पाउने व्यवस्था छ तर त्यहाँका क्रसरहरुले ती मापदण्डहरु कुनैले पनि पालना गरेको देखिँदैन । सुनकोसीको वाहक नै परिवर्तन गरेर जेसिभि मेसिनहरु प्रयोग गरेर त्यहाँका वातावरणको स्वरुप नै परिवर्तन हुनेगरी नदिजन्य पदार्थहरु बालुवा, ढुङ्गाहरु उत्खनन् गरिरहेको जो कसैले पनि देख्न सक्छ । 
नदिजन्य पदार्थ उत्खनन् गर्न मेसिनको प्रयोग गर्नुपर्ने भएमा वातावरणीय अध्यायन प्रतिवेदनमा उल्लेखित शर्त र सिमा भित्र रहि गर्नुपर्ने हुन्छ । उक्त क्षेत्र विपद जोखिम संवेदनशील रहेको हुनाले जिल्ला विपद व्यवस्थापन समितिको अनुमतिविना उत्खनन् गर्न मिल्दैन तर त्यहाँ विगत लामो समयदेखि सबै काम सेटिङमा चलिरहेको छ । मापदण्डमा भए अनुसार घनाबस्ति र वन क्षेत्रको दुई किलो मिटर, राजमार्गको पाँच मिटर दूरी भित्रको नदि, सडक पुल तथा झोलेङ्गे पुलको एक किलो मिटर तल र पाँच सय मिटर माथिको नदीजन्य पदार्थ उत्खनन् र संङ्कलन गर्न पाइने छैन । तर, यहाँ बन क्षेत्र सय मिटर अगाडिबाट बगिरहेको सुनकोशीको नदि भित्र नै मेसिन प्रयोग गरेर नदिजन्य पदार्थ उत्खनन् गरिरहेका छन् ।
प्रशासन र स्थानीय सरकारको साथ अवैध बालुवा उत्खनन् स्थानीय प्रशासन र गाउँपालिकाले साथ दिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रले यसबारे कुनै चासो देखाएका छैनन् । प्रशासन र स्थानीय सरकारलाई जानकारी गराउँदा कसैले चासो नदिएको कारण स्थानीय प्रशासन र स्थानिय सरकार सबैको मिलिमतोमा यी सबै भइरहेको स्थानीय बुद्धिजिविहरुको गुनासो छ । लामो समयदेखि यो क्षेत्र जोखिमपूर्ण रहेकोले टेन्डर प्रक्रिया नै रोक्न स्थानीयले आन्दोलन नै गरे तर केही राजनीति दलका नेताहरुको ठाडो आदेशमा गाउँपालिका टेन्डर आह्वन गरियो ।’ गतवर्ष मङ्सिरमा जिल्ला प्रशासन कार्यलय काभ्रेपलाञ्चोकले जिल्लाका ३१ ओटा क्रसर उद्योगहरु मापदण्ड विपरित, बिना दर्ता सञ्चालित र नदी दोहन नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले सञ्चालनमा रोक लगाएको थियो । त्यतिबेला अवैध रुपमा सञ्चालन भएको क्रसर उद्योगहरुलाई केही दिन रोक लगाएर पुनः सञ्चालन गर्न दिएको थियो । अगाडि कुन उदेश्यले रोक लगायो, पछि कुन कुन क्रसर उद्योगहरुले के–के मापदण्ड पूरा गरेर सञ्चालन गर्न दियो भन्ने कुराको सबै अनविज्ञ छन् । अधिकांश नयाँ प्रशासन प्रमुख आउदा एक पटक सबै क्रसर उद्योगहरु बन्द गर्ने पछि केही सम्झौता भएपछि पुनः सञ्चालन गर्न दिने गरेको स्थानीयले गुनासो पोखेका छन्  । 
भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुवँरसँग समाचारका विषयमा जानकारी लिनको लागि उनीसँग बुझ्न खोज्दा ठाडो जवाफमा कसले के भन्छ के समाचार लेख्छ त्यसमा हामी जान्नौं, मसँग बुझेर के थाहा हुन्छ ? हामीले गल्ती गरेका छैनौं, नीति नियम अनुसार काम गरेका छौं भन्दै हामीलाई चिन्ता नभएको भन्दै अहमता देखाउँदै जवाफ दिएका थिए ।
 

सम्बन्धित समाचार