न्युजिल्यान्डलाई वेस्ट इन्डिजले दियो १५० रनको चुनौती

15.3k Shares

काठमाडौं – आईसीसी टी-२० विश्वकप समूह ‘सी’ अन्तर्गतको खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई १५० रनको चुनौती दिएको छ। पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा वेस्ट इन्डिजले १४९ रन बनाएको हो।

टस जितेर न्युजिल्यान्डले फिल्ड रोजेपछि वेस्ट इन्डिजले ब्याटिङ गरेको हो। न्युजिल्यान्डको कसिलो बलिङविरुद्ध वेस्ट इन्डिजका सुरुवाती कुनै पनि ब्याट्सम्यानले टिकेर खेल्न सकेनन्। पावर प्लेमै चार विकेट गुमाएर वेस्ट इन्डिजले मात्र २३ रन जोडेको थियो। १० ओभरमा ५० रन जोडेको वेस्ट इन्डिजले ५ विकेट गुमाइसकेको थियो।

वेस्ट इन्डिजका लागि छैटौं क्रममा आएका शेर्फेन रदरफोर्डले १९ र २० औं ओभरमा विष्फोटक ब्याटिङ गर्दै शानदार अर्धशतक बनाए। उनले १९ औं ओभरमा तीन छक्का प्रहार गरे भने अन्तिम ओभरमा दुई चौका र एक छक्का प्रहार गरे। ३९ बलको सामना गरेका उनले २ चौका र ६ छक्काको मद्तमा नटआउट सर्वाधिक ६८ रन बनाए।

वेस्ट इन्डिजका लागि ओपनर जोनसन चार्ल्स शून्यमा आउट हुँदा ब्रान्डन राजाले १२ बलको सामना गर्दै ९ रन जोडे। तेस्रोक्रमका ब्याट्सम्यान निकोलस पुरनले चार चौकाको मद्तमा १२ बल खेल्दै १७ रन जोडे भने चौथोक्रममा आएका रोस्टन चेस शून्यमा आउट भए।

सम्बन्धित समाचार