रेशम चौधरीिभ भने - 'टीकापुर घटनामा राज्यले क्षतिपूर्तिसहित माफी माग्नुपर्छ'

14.7k Shares

काठमाडौं - नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशमलाल चौधरीले टीकापुर घटनामा जबर्जस्ती थारुहरुलाई दोषी बनाइएको भन्दै उनीहरुलाई राज्यले उचित क्षतिपूर्ति दिएर माफी माग्नुपर्ने बताएका छन्।

‘टीकापुर घटनामा जबर्जस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्ति सहित राज्यले माफी माग्ने बन्दोबस्त गर्नुहोस्। हाम्रो के अपराध थियोरु,’ मञ्चमै आसिन गृहमन्त्री रवि लामिछानेलाई उल्लेख गर्दै चौधरीले भने, ‘जसले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्‍यायो, त्यो साढे ८ वर्ष जेलको कालकोठरीमा बस्नुपर्ने ?’

काठमाडौंमा बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवस कार्यक्रममा चौधरीले टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको बताए। उनले गिरीशचन्द्र लाल नेतृत्वको आयोगमा उक्त विवरण रहेको समेत प्रष्ट पारे।
‘टीकापुर घटना कसले गरायो हामीलाई नसोध्नुस्। लाल आयोगलाई सोध्नुस्। मान्छेको नाम भन्नुपर्छ भने हामी भनिदिन्छौं। टीकापुरको अब नाम भन्ने बेला आएको छ,’ चौधरीले भने।

उनले आफू र श्रीमती रञ्जिता श्रेष्ठ बीचको सम्बन्धमा समेत फाटो ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल लागेको भन्दै उनलाई गीतको मोडल बनाएर खेलाउन मन लागेको भन्दै कटाक्ष गरे।

सम्बन्धित समाचार