सम्भवको आरोपबारे गृहमन्त्रीको जवाफ : अब प्रमाण पनि उनैले देखाउलान्

14.2k Shares

काठमाडौं- सहकारी ठगीसम्बन्धी समाचार लुकाउन गरेको आग्रह नमान्दा बुवा कैलाश सिरोहियालाई पक्राउ गराएको सम्भव सिरोहियाको आरोपबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छोटो प्रतिक्रिया दिएका छन् ।

कान्तिपुर मिडिया ग्रुपका प्रबन्धन निर्देशक सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार लुकाइदिन, नलेखिदिन गृहमन्त्री लामिछानेले गरेको आग्रहलाई बेवास्ता गर्दा आफ्ना बुवालाई थुनिएको शुक्रबार बताएका थिए ।

रविलाई सम्भवको गम्भीर आरोप : सहकारी ठगीको समाचार रोक्न नमान्दा बुवालाई पक्राउ गराए 

सम्भवले कान्तिपुरका अध्यक्षसमेत रहेका कैलाश पक्राउबारे गम्भीर आरोप लगाइसकेपछि गृहमन्त्री लामिछानेले त्यसबारेमा जानकारी लिन आफूले नभ्याएको बताएका छन् ।

सिंहदरबारस्थित कृषि समिति गाँजा खुलाउनेबारे भएको छलफलपछि बाहिरिने क्रममा गृहमन्त्रीलाई सम्भवले लगाएको आरोपबारे पत्रकारले जिज्ञासा राखे ।

तर लामिछानेले सम्भवले सबैभन्दा पहिले इन्स्टाग्राममा राखेको उक्त करिब ८ मिनेटको भिडिओ आफूले हेर्न नपाएको प्रतिक्रिया दिएका छन् ।

‘मैले त्यो भिडियो हेर्न भ्याएको छैन, अरुले मलाई त्यसबारे सुनाए’, उनले भने, ‘मेरोबारेमा त्यसो भनिसकेपछि प्रमाण पनि उहाँ (सम्भव) ले नै ल्याइदिनु हुन्छ होला नि !’

सम्बन्धित समाचार