काठमाडौं । प्रभु बैंक लिमिटेड र यूएसएआईडी ट्रेड एन्ड कम्पिटिटिभनेसबीच सम्झौता भएको छ ।
बैंक र यूएसएआईडीबीच स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरुको विकासमा सहयोग पुग्ने गरी सोमबार सम्झौता भएको हो ।

वाग्मती प्रदेशमा सञ्चालन गरिने ‘इम्पावारिङ एग्रो एन्ड टुरिजम इन्डस्ट्रि फर सस्टेनेवल ग्रोथ फर फ्युचर नेपाल’ नामक परियोजनाका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा यूएसएआईडीका तर्फबाट प्रतिनिधि मार्कस् मुलर र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार नेपालको अर्थतन्त्रलाई दिगो रुपमा लघु, साना र मध्यम आकारका उद्यमको लागि वित्तीय उत्पादन र सेवाहरुमा उपलब्धता र पहुँच बढाउन, आर्थिक वृद्धिले पछाडि परेकाहरूका लागि दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरुलाई प्रोत्साहन गर्न विशेष गरी कृषि र पर्यटन क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको छ ।