काठमाडौं- सत्तारुढ दल र प्रतिपक्षी दलबीच संसदीय छानबिन समिति बनाउन सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रतिपक्षी दलबीच सो सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
मुलतः समिति बनाउने र कार्यादेश (टीओआर) कस्तो हुने भन्ने विषयमा काम गर्दै जाने सहमति भएको उनले बताए।
‘मुलतः समिति बनाउने सहमति भयो। समितिको कार्यादेश कस्तो हुने भन्ने विषयमा पनि काम गर्दै जाने भन्ने कुरा भयो,’ उनले भने।
‘सकारात्मक छलफल भएको छ, सकारात्मक रुपमै अघि बढ्छ भन्ने हामीले विश्वास लिएका छौँ,’ लेखकले भने, ‘समिति बनाएर जानुपर्छ भन्ने भयो, त्यसमा सबैको सहमत भएको छ।’
समिति गठन गरेर जाने भन्ने कुरामा सबै राजनीतिक दलहरूबीच समान धारणा बनेको भन्दै आजको छलफललाई उपलब्धीमुलक मान्नपर्ने उनले बताए।