15.8k
Shares
काठमाडौं । अमेरिकाले हतियार रोक्ने चेतावनी दिएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूहरू 'एक्लै खडा हुन सक्ने' बताएका छन् ।
इजरायलले गाजाको रफाहमा पूर्ण मात्रामा आक्रमण गर्न आदेश दिए हतियारको ढुवानी रोक्ने चेतावनी अमेरिकाले दिएको छ । तर, जवाफमा इजरायलका प्रधानमन्त्री नेतान्याहुले आफूहरूले आवश्यक परे नङले लड्ने बताएका छन् ।
"आवश्यक परे हामी एक्लै उभिनेछौँ । आवश्यक परे नङले लड्छौँ," उनले भनेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले रफाहमा आक्रमण भए केही हतियारहरू रोक्ने बताएका छन् ।