सिन्धुपाल्चोक बाढीमा घाइते तीन चिनियाँसहित ६ जनालाई उपचारका लागि काठमाडौं ल्याइयो

17k Shares

काठमाडौं । मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा घाइते भएका तीनजना चिनियाँ नागरिक र तीनजना नेपाली नागरिकलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

खनालका अनुसार हालसम्म ७ जना बेपत्ता भएको जानकारी प्राप्त भएको र एकजना पुरुषको शव फेला परेको छ । उद्धारकार्य जारी छ ।

मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिका जोड्ने पुललगायत अन्य केही पुल भत्केका छन् । पुलबाट आवजजावत गर्न नमिल्ने भएपछि उद्धारमा केही कठिनाई भइरहेको खनालले बताए । 

सम्बन्धित समाचार