रविले संसद‍्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल

19.5k Shares

काठमाडौँ । नेपाली कांग्रेसले रवि लामिछानेले संसद्मा बोल्न पाउँ भनी दिएको निवेदनबारे छलफल गरेको छ ।

पार्टीका वर्तमान र पूर्वपदाधिकारीको बुधबार बसेको बैठकमा रविको माग नोटिसमा लिइएको र बोल्न दिने या नदिने भन्ने विषय बिहीबार बस्ने संसदीय दलको बैठकले तय गर्ने पार्टी उपसभापति धनराज गुरुङले बताए ।

यसैगरी सरकारले रवि जोडिएको सहकारी ठगीको छानबिन गर्न संसदीय समिति गठन नगरे संसद् को बजेट अधिवेशन अवरुद्ध गर्ने काँग्रेसको अडान छ ।

‘अबको संसद्मा हाम्रो माग हुबहु कायम छ । सरकार जिम्मेवार भएर र आउँछ कि आउँदैन रु संसदीय छानबिन समिति बनाउँछ कि बनाउँदैन ? गैर जिम्मेवार भएर आयो, संसदीय छानबिन समिति गठनमा सहमत भएन भने अबको संसद् चल्दैन’ उनले भने ।

यसै गरी बैठकमा गण्डकी सरकार गठनबारे पनि छलफल भयो । 

गण्डकीमा सरकार गठनका क्रममा संविधानको गम्भीर उल्लङ्घन भएको र अपव्याख्या समेत भएको उसको ठम्याई छ ।

सम्बन्धित समाचार