इलाममा आज रातिदेखि नै मतगणना शुरु गरिने

17.6k Shares

काठमाडाै- इलाममा निर्वाचन सम्पन्न भएसँगै इलाम सदरमुकाममा मतगणनास्थल तयारी पूरा गरिएको छ । आजै रातिदेखि मतगणना गर्ने तयारी भएको निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

गौतमबुद्ध सभा भवनमा मतगणना स्थललाई व्यवस्थित गएिको छ । गणना स्थललाई सुरक्षित राख्न तारबार लगाइएको छ । मतपेटिका भण्डारणका लागि सभाहलको भित्रि भाग तयार गरिएको छ । सभाहलको बाहिरपट्टि तारबार र त्यस बाहिर दल तथा उम्मेद्वारका प्रतिनिधि बस्ने स्थान तयार गरिएको निर्वाचन कार्यालयले जनाएकाे छ ।

त्यस्तै, गणनास्थल, मतपेटिका भण्डारण कक्ष र सभा भवनको बाहिरपट्टि गरी ११ वटा सिसि क्यामेर जडान गरिएको मतगणना स्थलमा खटिनु भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी इन्द्र श्रेष्ठले बताए ।   

सम्बन्धित समाचार