एआईजी श्याम ज्ञवालीमाथि छानबिन गर्न राज्यव्यवस्थाले दियो अख्तियारलाई निर्देशन

18.2k Shares

काठमाडौं । प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीमाथि अनुसन्धान गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।

राज्यव्यवस्था समितिले आइतबार अख्तियारको नाममा अति जरुरी पत्र पठाउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख रहेका एआईजी ज्ञवालीमाथि छानबिन गर्न निर्देशन दिएको हो।

राज्यव्यवस्था समितिमा ६१ किलो सुन तस्करीमा अभियोग लागेका अभियुक्त जीवन चलाउनेसँग एआईजी ज्ञवालीको विभिन्न सम्बन्ध रहेको पाइएकाले छानबिनको माग गर्दै दिनेश पौडेलले उजुरी दिनुभएको थियो। समितिमा ज्ञवालीविरुद्ध छानबिनको माग गर्दै उजुरी आएलगत्तै समितिका सभापति रामहरि खतिवडाको निर्णयअनुसार ज्ञवालीमाथि छानबिन गर्न अख्तियारलाई पत्र पठाइएको हो।

एआईजी ज्ञवालीमाथि ६१ किलो सुन तस्करीका एक अभियुक्त जीवन चलाउनेसँग नेक्सस रहेको आरोप लाग्दै आइरहेको छ । सुन तस्करीका अभियुक्त चलाउनेले नै केही समयअघि ज्ञावालीले आईजीपी बन्नका लागि १ करोड रुपियाँ आवश्यक परेको भन्दै आफूसँग सो रकम माग गरेको आरोप लगाएका थिए। आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार