‘अर्थतन्त्रमा दीर्घकालीन असर’

17.2k Shares

काठमाडौं । बजार अर्थतन्त्रमा निरन्तर देखिएको मन्दी, सर्वसाधारणसँग बचत कमी तथा कर्जामा बैंकको कडाइका कारण सुस्ताएको घरजग्गा कारोबार अपेक्षित रूपमा बढ्न सकेको छैन ।

बढ्न सकेन घरजग्गा कारोबार

नेपालमा भन्दा विदेशमा जग्गाको मूल्य तुलनात्मक महँगो नभएपछि बिदेसिएका नेपालीका परिवारले नेपालमा भन्दा विदेशमा घरजग्गा जोड्न थालेपछि नेपालमा घरजग्गाको कारोबार सुस्ताएको छ ।

नेपाली जनताको आम्दानी नबढ्दै घरजग्गाको मूल्य अस्वाभाविक रूपमा अचाक्ली बढ्दा लिएको कर्जा तिर्न नसकेपछि सहकारी डुब्ने क्रम चल्यो र बैंकमा गैरबैंकिङ सम्पत्ति थुप्रिएपछि घरजग्गाको कारोबार नबढेको विज्ञको भनाइ रहेको छ ।

यद्यपि, गत साउनमा सरकारले जग्गाको कित्ताकाट खुलाएपछि सामान्य रूपमा उठेको घरजग्गा कारोबार गतवर्ष चैतको तुलनामा २ दशमलव २४ प्रतिशतले बढेको छ । तर, गत माघ र फागुनको तुलनामा भने चैतमा कारोबार घटेको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार माघमा देशभर ५० हजार ९ सय २१ संख्यामा घरजग्गा किनबेच भएको थियो । फागुनमा भने ५० हजार ९ सय ९८ संख्यामा घरजग्गा किनबेच भएको थियो ।

चैतमा देशभर ५० हजार २ सय ५२ संख्यामा मात्र घरजग्गा कारोबार भएको विभागको तथ्यांक रहेको छ ।

गतवर्षको चैतमा भने ४९ हजार १ सय ५० संख्यामा घरजग्गा कारोबार भएको थियो ।

विभागको तथ्यांकअनुसार गतवर्षको चैतका तुलनामा अहिले कारोबार संख्या बढे पनि राजस्व घटेको छ । गत चैतमा ४९ हजार १ सय ५० संख्यामा घरजग्गा कारोबार हुँदा ४ अर्ब ५१ करोड रूपैयाँ राजस्व उठेको थियो ।

चैतमा ५० हजार २ सय ५२ संख्यामा घरजग्गा कारोबार हुँदा राजस्व ३ अर्ब ९५ करोड रुपैयाँ मात्र राजस्व उठेको छ ।

राष्ट्र बैंकले घरजग्गा कारोबारबाट आर्थिक प्रगति नहुने निष्कर्ष निकाल्दै यसबाट अर्थतन्त्र दीर्घकालमा समस्या पर्ने भन्दै २ करोडसम्मको कर्जामा आफ्नो मासिक आम्दानीको ५० प्रतिशत रकमबराबर मात्र किस्ता हुनेगरी ऋण लिन सकिने प्रावधान बनाएको छ ।

त्यस्तै, ५० लाख रुपैयाँसम्म कर्जा लिनेको हकमा ६० प्रतिशतसम्म कर्जा लिन सकिने प्रावधान बनाएको छ ।

यही प्रावधानले गर्दा जग्गाको कारोबार हुन नसकेको ठम्याइ घरजग्गा व्यवसायीको रहेको छ ।

उनीहरूले बैंकबाट ऋण लिन समस्या भएको भन्दै कर्जा र आम्दानीको अनुपात ८० प्रतिशत पु¥याउनुपर्ने माग गर्दै आएका छन् ।

यसबाट सर्वसाधारणको कर्जा लिने क्षमता बढ्ने र आफूहरूले प्लानिङ गरिरहेको घरजग्गा कारोबार बढ्ने निष्कर्ष उनीहरूको छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार