सुदूरपश्चिममा मुख्यमन्त्रीमा आलोपालो : पहिलो वर्ष नाउपालाई दिने सहमति

18k Shares

काठमाडौँ ।  सुदूरपश्चिम सरकारको नेतृत्व आलोपालो गर्न शीर्ष नेताबिच सहमति भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालल, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलगायत शिर्ष नेताबीच आज भएको छलफलमा मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको हो ।

नाउपा प्रतिनिधिसभा सदस्य अरुण चौधरीका अनुसार बाँकी रहेको कार्यकालमा पहिलो एक वर्ष नाउपा र बाँकी समय समाजवादीले नेतृत्व गर्ने सहमति बनेको हो । सुदूरपश्चिम सरकार निर्माणको लागि प्रदेश प्रमुख नजिर मियाँले दिएको समयको आज अन्तिमम दिन हो । नाउपाले कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारिने बताइएको छ । जसकाले आज नै दाबी पेश गर्ने कैलाश चौधरीले जानकारी दिए ।

सम्बन्धित समाचार