16.5k
Shares
काठमाडाैै- यही चैत ३० गतेदेखि ओमानमा हुने एसीसी प्रिमियर कप टी-२० प्रतियोगितामा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने भएको छ।
एसियन क्रिकेट काउन्सिलका अनुसार प्रिमियर कपको समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल वैशाख १ गते कतार, ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग खेल्नेछ।
यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा जानेछन्। यस्तै फाइनल प्रतिस्पर्धा वैशाख ९ गते हुनेछ।
प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी-२० एसिया कप खेल्न जानेछ। नेपाल एसीसी प्रिमियर कपको साविक विजेता हो। नेपाललाई यसपटक उपाधि रक्षाको चुनौती छ।