15.3k
Shares
धनगढी । कैलालीमा दिदीबहिनी मृत भेटिएका छन् ।
घोडाघोडी नगरपालिका १० थेबरका कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
उनका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् ।
प्रारभ्मिक अनुसन्धानका क्रममा जेठी छोरीले केही वर्षदेखि मुटु रोग र कान्छी छोरीले डिप्रेशनको औषध खाइरहेको पाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।