अतिरिक्त काम गरेर आत्मनिर्भर बनाउन विद्यार्थीलाई सीपमूलक तालिम

14.5k Shares

काठमाडौँ ।  विद्यार्थीलाई अतिरिक्त काम गरेर आत्मनिर्भर बनाउन हुम्लाका विद्यार्थीलाई सीप विकास सम्बन्धी तालिम प्रदान गरिएको छ। जिल्लाको खार्पुनाथ गाउँपालिका- ५ को मान्धारा माध्यामिक विद्यालयमा अध्ययनरत् विधार्थीलाई सीपलाई सीप सिकाएर आत्मनिर्भर बनाउनका लागि आयआर्जनमूलक तालिम प्रदान गरिएको हो ।

न्यून आयश्रोत भएका विधार्थीले सीप सिकेर त्यसलाई कार्यान्वयनमा ल्याई आम्दानीको श्रोत बनाउन चाउमिन, मःम, थुक्पा र समोसा बनाउने तालिम प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले बताए । उनले तालिममा सिकेका कुरालाई विद्यालयले दिवा खाजा तयार पार्ने कार्यमा विद्यार्थीलाई प्रयोग गर्ने लक्ष्य विद्यालयले राखेको बताएका छन् ।

तालिम कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई दिएको हो । विद्यार्थीलाई आयआर्जनका कार्यमा संलग्न गर्नका लागि यो तालिम निक्कै उपयोगी भएको उक्त वडाका वडा अध्यक्ष भरतजंग शाहीले जानकारी दिए । उनले नयाँ प्रयास गरिएको र यसको विद्यालयमा प्रभाव सकरात्मक पर्ने विश्वास ब्यक्त गरे । गतवर्ष विद्यार्थीलाई हाउस वायरिङको तालिम प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार