19.7k
Shares
काठमाडौं, २४ जेठ । आज देशभर थप ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार २ जनाको पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी ४,४७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ९२ जना संक्रमितको मृत्यु भएको छ भने ६,९५१ जना संक्रमण मुक्त भएका छन् ।