श्रीमतीको फोनबाट श्रीमानद्वारा चरित्र हत्या गर्न काफ्लेलाई सेक्स प्रस्ताव

22.4k Shares

काठमाडौं । सुन्नेलाई भन्दा केलाई लाज भन्ने उक्तिलाई चरितार्थ गर्दै मोरङ जिल्ला कानेपोखरी गाउँपालिका वडा नम्बर १ होक्लाबारीका कमल मण्डलले श्रीमतीको मोबाइल प्रयोग गरी गाउँपालिकाका शिक्षा शाखा अधिकृत बेगबहादुर काफ्लेको चरित्र हत्या गर्ने प्रयास गरेको खुलासा भएको छ ।
कमल मण्डलले विगत तीन वर्ष अगाडि झापामा शिक्षिका रहेकी आफ्नी श्रीमती करुणा  मण्डलको मोबाइल फोन प्रयोग गरी कानेपोखरीका शिक्षा अधिकृत काफ्लेलाई हैरानी दिएको बुझिएको छ । 
अधिकांस समय मदिरामा लठ्ठीने मण्डलले श्रीमतीलई झापाबाट कानेपोखरी गाउँपालिका भित्रका कुनै एक विद्यालयमा सरुवा गर्न चाहेको तर सो कार्य सफल नभएकाले उनले उक्त हतकण्डा मच्चाएको हुन सक्ने उनी निकट जानकारहरुले बताएका छन् ।
मण्डल निकटतम सोर्तका अनुसार अधिकृत काफ्लेलाई विवादमा पारी चरित्र हत्या समेत गर्ने उद्देश्यले कानेपोखरी गाउँपालिकाका केही कर्मचारी, स्थानीय व्यक्तिहरु र निगरानी टाईम्सका एक पत्रकारको समेत मिलोमतोमा मण्डललाई प्रयोग गरेको पाइएको छ ।
हाल मण्डल वैदेशिक रोजगारीको शिलशिलामा कतारमा छन् भने उनले एक राष्ट्र सेवक कर्मचारी र स्वयं उनको श्रीमतीको चरित्र हत्या गर्न व्यापकरुपमा सामाजिक सञ्जालको प्रयोगमा तल्लीन रहेको अबस्था छ । उनको यो असामाजिक दुस्साहस रोक्ने सम्बन्धित निकाय भने मौन छ । मण्डलले अधिकृत काफ्लेले यौन प्रस्ताब राखेको भन्ने ढंगले सामाजिक संञ्जाल र  सार्वजनिक मिडियामा अफहवा फैलाएर शिक्षा अधिकृत माथिको नैतिकता र आचरणमाथि गरिएको अमानवीय र असमाजिक अपराधको क्षतिपूर्ति पूरा गर्न सक्छन् या सक्दैनन् तर उनको यो हतकण्डा भने पक्कै क्षमायोग्ग छैन ।
विवाहित र सामाजिक व्यक्ति माथि गरिएको यौनजन्य गतिविधिको ठोकुवाले सो व्यक्तिको परिवारीक र सामाजिक  गम्भीरताको असरको बारेमा जिम्मेवारी कसले लिने ? सोचनिय विषय बनेको छ । कानेपोखरीका केही शिक्षकका झुन्डहरु र केहि समुह शिक्षा शाखाअधिकृत काफ्लेप्रति पेशागत रुष्ट  र बेमेलमा हुँदै गर्दा एउटी महिलाको इज्जत र यौनजन्य संबेदनसिलता जस्तो आक्षेपको आडमा सुनयोजित र षड्यन्त्र पुर्वक रुपमा खनिनुले शिक्षा शाखा अधिकृतको व्यक्तिगत जिवनमा मात्रै प्रभाव नपरेर सम्पूर्ण पुरुष र नारी बिचको दुरीलाई समेत प्रत्यक्ष असर पार्नेमा दुई मत छैन ।
असामाजिक प्राणीको रुपमा आफुलाई चित्रित गर्दै मण्डलले हाल कानेपोखरीका अधिकांश मानिसको म्यासेञ्जरमा आफैँले गरेका कुराकानीको स्क्रिन सट पठाउनमा तल्लीन रहेको पाईएको छ । यस विषयमा बैदेशिक रोजगारीको शिलशिलामा कतार रहेका कमल मण्डललाई ह्वाटसएपमा सम्पर्क गरी अधिकृत् काफ्ले र तपाईंको श्रीमती विचको लफडा के हो ? भन्ने प्रश्नमा मण्डल भन्छन् “मैले सामाजिक संजालको दुरुपयोग गरेको छैन शिक्षा शाखा अधिकृत काफ्लेको विरुद्ध पालिकामा केही व्यक्तिहरु छन् अरु कुरा मलाई थाहा भएन” भन्दै गैरजिम्मेवारी उत्तर दिएका छन् । यसैगरी कमल मण्डलका श्रीमती करुणा मण्डललाई सम्पर्क गर्दा मण्डल भन्छिन् ‘यो विषय मलाई थाहै छैन र अधिकृत काफ्लेलाई म चिन्दा पनि चिन्दिन भने कसरी हुन्छ यौन प्रस्ताव ? यो सबै मेरा श्रीमान्को काम हुन सक्छ ।’                            उता पिडक भनिएका अधिकृत काफ्लेसँग सम्पर्क गर्दा काफ्ले भन्छन् ‘आफूले कसैसँग गफ नगरेको र पुराना दुश्मन वा कसैले आफूलाई फसाउन खोजेको दाबी गरेका छन् । काफ्ले थप्छन् ‘म करुणा मण्डल भन्ने शिक्षिका चिन्दीन चिनजान नभएका व्यक्तिलाई मैले कसरी यौन प्रस्ताव राख्न सक्छु भने अर्को कुरा म विवाहित पुरुषका साथै राष्ट्रसेवक कर्मचारी पनि हुँ मैले यस्ता वाहीयात कुरा कल्पना समेत गर्न सक्दिनँ ।’ 
अत राष्ट्रको चौथो अङ्ग मिडियालाई नै गुमराहमा पार्ने गरी यौनजस्तो संवेदनशील विषयलाई दारुको तालमा समाजमा छ्याप्छ्याप्ती पारी राष्ट्र सेवक कर्मचारीलाई आत्माबल कमजोर पार्ने कमल मण्डललाई कारबाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ ।
यस्तै पिडित भनिएकी शिक्षाकाको अडियो समेत खोजतलाससँग सुरक्षित छ । उक्त अडियोको रेकर्डिङ अनुसार आफुलाई स्थानीय पत्रकार बताउनुका साथै एक स्कुल सञ्चालकले काफ्लेलाई बदनाम बनाउन उनै शिक्षिकालाई प्रयोग गरेको बुझिएको छ ।

सम्बन्धित समाचार