वेस्टर्न युनियन मनी ट्रान्सफरको 'नगदमा हर्ष बनिरहोस्, नयाँ वर्ष शुभ रहोस्' अभियान

17k Shares

काठमाडौँ । वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरुको नयाँ बर्षको अवसरमा “नगदमा हर्ष बनिरहोस्, नयाँ बर्ष शुभ रहोस्” अभियान जारी गरेको छ । वेस्टर्न युनियन मनी ट्रान्सफरले नयाँ बर्षको उत्सवमा ग्राहकहरुको खुशी बढाउने लक्ष्य सहित यस योजना ल्याएको जनाएको छ ।  

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले नेपालका सबै ७७ जिल्लाहरुमा फैलिएका वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाका १५,००० भन्दा बढी भुक्तानी काउन्टरहरु मध्ये कुनैबाट आफ्नो रेमिटेन्स प्राप्त गर्नुपर्नेछ । अभियान अवधिका प्रत्येक कारोबारहरु स्वत: रुपमा साप्ताहिक र बम्पर ड्रको लागि समावेश हुनेछन् । यो योजना चैत १२ देखि शुरु भइ बैशाख १८  सम्म लागू हुनेछ।

यस योजना अन्तर्गत पाँच हप्तासम्म हरेक हप्ता सात जना भाग्यशाली ग्राहकहरुले साप्ताहिक लक्की ड्र मार्फत रु १५,००० रुपैयाँ जित्न सक्नेछन् । अभियानको अन्त्यमा एक भाग्यशाली विजेताले बम्पर ड्र मार्फत १ लाख रुपैयाँ जित्न सक्नेछन् । नेपालकै पहिलो रेमिट्यान्स सेवा प्रदायक वेस्टर्न युनियन मनी ट्रान्सफर २७ वर्षभन्दा बढी समयदेखि नेपालीहरुलाई २०० भन्दा बढी देश र क्षेत्रहरुबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार