पोखराका फिल्म हलमा रिभ्यू बक्स

19k Shares

काठमाडौँ । दर्शकले सिनेमा हेरेपछि प्रतिक्रिया दिनलाई पोखरामा फिल्म हलमा रिभ्यू बक्स राखिएको छ। मल्टीप्लेक्स सिनेमाघर मिडटाउन र सिनेप्लेक्समा रिभ्यू बक्स राखेको हो। चलचित्र पत्रकार संघ नेपाल कास्कीले रिभ्यू बक्सको अवधारणा ल्याएको हो। मिडटाउन सिनेमाजका प्रबन्ध निर्देशक निकेश द्वा र सिनेप्लेक्सका म्यानेजर राजन पुरीले रिभ्यू बक्सको उद्घाटन गरे। नेपालमा नै पहिलो पटक सिनेमा घरमा रिभ्यू बक्स राखिएको दाबी चलचित्र पत्रकार संघ कास्कीले गरेको छ।

चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले रिभ्यू बक्स नेपाली चलचित्र क्षेत्रमा उदाहरणीय बन्ने बताए। रिभ्यू बक्सले नेपाली सिनेमा क्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाइ छ। चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले नेपाली सिनेमाको विकास र प्रवद्र्धनका यो अवधारणा ल्याएको उल्लेख गरे।

रिभ्यू बक्ससँगै एउटा फर्म उपलब्ध छ। जसमा सिनेमाको नाम सहित निर्देशन, संगीत, कथा, अभिनय कस्तो लाग्यो दर्शकले ठीक चिन्ह लगाएर उल्लेख गर्न पाउनेछन्। चिन्हसँगै सिनेमाका विषयमा आफ्नो धारणा समेत प्रस्तुत गर्न सक्नेछन्। नाम, नम्बर र ठेगाना लेखेर रिभ्यू बक्समा प्रतिक्रिया दिने २ जना हरेक हप्ता लक्की ड्र मार्फत विजेता घोषणा हुनेछन्।

विजेताले मिडटाउन सिनेमाज र सिनेप्लेक्समा २÷२ वटा फिल्मको टिकट र पपकन पाउनेछन्।दमदार बिरयानी र क्लाउड नाइनमा खाजाको समेत व्यवस्था गरिएको छ। हरेक हप्ताको विजेता मध्य मासिक एक जनालाई बन्जी नेपालमा निशुल्क बन्जी हान्ने अवसर पाउनेछन्।

सम्बन्धित समाचार