सीआईबीद्वारा सरकारी वकिलको कार्यालयमा बिनोद चौधरीको बयान सुरु

17.7k Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान भइरहेको छ । बिहानदेखि सरकारी वकिलको कार्यालयमा चौधरीको बयान सुरु भएको स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार उनी सरकारी वकिलको कार्यालयमा आफैं उपस्थित भएका थिए । यसअघि सभामुख देवराज घिमिरेलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पत्र लेखेर चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।

त्यसलगत्तै बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा उनको बयान लिन थालिएको हो ।

ब्यूरोका एक उच्च अधिकारीले चौधरीको बयान सुरु भएको बताए ।

सम्बन्धित समाचार