रुसको राष्ट्रपतिमा पुटिनको जित सुनिश्चित

20.4k Shares

काठमाडौं । रुसको राष्ट्रपतिमा भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

चुनावी सर्वेक्षणबाट उनले ८७ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको बीबीसीले जनाएको छ । 

पोलस्टर पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम)को एग्जिट पोलबाट पुटिनले ८७ प्रतिशत भोट पाउने देखिएको छ । रसियन पब्लिक ओपिनियन रिसर्च सेन्टर (वीसीआईओएम)ले पनि पुटिनले ८७ प्रतिशत भोट पाएर राष्ट्रपति पदमा विजयी हुने जनाएको छ । पुटिनले निर्वाचन जिते उनी थप ६ वर्ष कायम राष्ट्रपति पदमा रहनेछन् । 

सम्बन्धित समाचार