डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष नेतृत्वको टोली र अर्थमन्त्रीबिच भेटघाट

17.8k Shares

काठमाडौँ । विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन ‘डेभपलमेण्ट बैंकर्स एसोसिएसन’ नेपालले अर्थमन्त्री वर्षमान पुनसँग भेटघाट गरेको छ । अर्थमन्त्रीलाई भेटेर बधाई दिँदै एसोसिएसनले अर्थतन्त्रमा विकास बैंकहरुले पुर्‍याएको योगदान सम्झाएको हो । 

अध्यक्ष सुयोग श्रेष्ठको नेतृत्वमा गएको टोलीले देशको समग्र अर्थतन्त्रमा विकास बैँकहरुले पुर्‍याएको योगदानको बारेमा जानकारी गराएको बताइएको छ । भेटघाटका क्रममा अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको सर्वाङ्गीण विकासका लागि विकास बैंकहरुले पुर्‍याएको योगदानको प्रशंसा गरे । यस्तै, कुनै पनि खराब मनसाय नराखी काम गर्दा सरकारले पूर्ण रुपमा सहयोग गर्ने समेत बताए ।

उक्त भेटघाटका क्रममा बैंकिङ व्यवसायका समस्या र चुनौतीहरूका बारेमा समेत छलफल भएको एसोसिएसनका उपाध्यक्ष तथा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले बताए ।

सम्बन्धित समाचार