मेरो राजनैतिक यात्राको उद्घोष

62.2k Shares

मोहन रिमाल

मेरो जन्म काठमाडौँ जिल्लाको उत्तर पश्चिम स्थित मुड्खु भङ्गज्याङमा आजभन्दा ४२ वर्ष अघि भएको हो । त्यस समाज सम्पन्न समाज रहेछ । किन र कसरी भन्ने प्रश्न उठ्नु स्वभाविक हो । मैले भोगेको र देखेको जीवनले त्यस बेलादेखि आजसम्मको अन्तर समयमा के कस्ता परिवर्तन भएत्यो समयको चव्रm प्रणालिमा थियो वा हाम्रो कर्म चव्रmप्रणालीमाथि थियो भन्ने कुरा मुख्य विषय हो । त्यस वेलाका कुराहरू पटक पटक स्मरणमा आउँदा म ढुक्क भएर भन्न सक्छु कि त्यस वेलाको समाज साचिक्कै सम्पन्न थियो र समय चव्रmले यस ठाउँमा हामी आइपुगेका होइन रहेछौं । यो त हाम्रो कर्म प्रणालीले नै यस ठाउँमा ल्याई पु¥याएको रहेछ ।
माथि उल्लेखित कुराहरू तपाईहरूलाई अमृत लाग्न सक्दछ । यसलाई म सम्पूर्णतया नकार्न सक्दिन र यसलाई म सविस्तर बताउदै जाने छु ।
अब मेरो वारेमा भन्नु पर्दा मेरे एसएलसीसम्मको शिक्षा काठमाडौ जिल्ला स्थित एक सरकारी स्कुलमा भयो । त्यसपछिको शिक्षा काठमाडौँको केन्द«मा रहेको सरकारी कलेजहरूबाट स्नातकसम्म सम्पन्न गर्दा गर्दै केही आर्थिक उपार्जनका लागी रोजगारी समेत गरे । सो रोजगारीहरू आर्थिक दृष्टिकोणले संसारिक जिवन प्राप्त गर्ने हेतुले गरिएको थियो ।
एसएलसी पछिको मेरो रुचि केही हदसम्म राजनितिक तिर ढल्कन पु¥यो । सर्वप्रथम मैले मेरो देश के हो ? भन्ने प्रश्नको खोजिमा लागे । त्यो लामो समयको खोजमा मैले विगतका कथाहरूमा वास्तविकता खोजे । वर्तमानका समाचारहरूमा प्रवृतिहरू खोजे र भविष्यका आशाहरूमा कल्पनाहरू खोज्दै हिँड्न थाले । यसले मलाई आर्थिक उपाजनका लागि गरिएको रोजगारिहरुले सन्तुष्टि दिन सकेन । त्यहाँ मैले मेरो देश बेचिरहेछु भन्ने आभाष पाउन थाले । महिनाका केहि दिनहरू आर्थिक उपार्जनका लागि राखि बाँकी समय मेरो देश के रहेछ भन्नेमा खर्च गर्न थाले । यस कार्यले मलाई मेरो घर परिवार र समाजबाट केहि पर अवश्य नै लाग्यो तर मैले त्यसलाई कहिल्यै पनि महत्व दिइन । समय वित्दै गयो कहिले पुर्व, कहिले पश्चिम, कहिले उत्तर त कहिले दक्षिणका भुभागहरू पुग्दै सम्भावित अवसरहरू के होला कसरी प्राप्त गर्न सकिन्छ भन्नेमा लागी भौतिक रूपमा नै आफुले गर्न सक्ने किसिमका परिक्षणहरू गरि नै रहे । २०७२ सालमा गएको महाभुकम्पले धेरै कुरा सिकायो फलस्वरूप २०७५ सालबाट फेरि पनि रोजगारी सुरू गर्ने प्रण गरे । सम्पुर्ण समय रोजगारिमा दिने कुरा मनले मान्न सकेन फलतः हप्तामा चार दिन रोजगारिका लागी दिई बाँकी दिनहरू अनुसन्धान तथा भ्रमणमा नै दिने निश्चय गरे । समय बित्दै गयो २०७७ को सुरूबाटै सुरू भएको कोरोना महामारिले मेरो जिवनलाई अर्कैतिर मोड्यो । म मेरो पुर्खौली जमीनमा एउटा व्यवसाय सुरू गर्ने निश्चयमा पुगी सोलाई मुर्त रूप दिन थाले । झण्डै चार बर्षको मेहनत र लगानीबाट एउटा व्यवसाय त सुरूगरे तर म सो व्यवसाय गर्दा आएका अवसरहरू के कस्तो अवरोधहरूले बाधा गर्दा रहेछन् भन्ने पनि स्पष्ट हुने गरि भोग्न पाँए । यति सब हुँदाहुदै पनि व्यवसाय सुरू भएरै छोड्यो । यसले पनि मलाई सन्तुष्ट दिन सकेन झन्झनै देशको माया लागेर आयो ।
बस्तुतः आजको दिनमा हेर्दा मैले देखेको भोगका र अनुभव गरेको मेरो देश दिनदिनै दरिद्र हुँदै गएको हो भनि स्पष्ट भए । यो कसरी भयो भन्ने कुरा निर्काेल गर्दा यो समयचव्रm अन्र्तगत नभई हाम्रो आफ्नै कर्म चव्रmले भएको हो भन्ने कुरामा विश्वस्त हुनपुगे । म जन्मदाको मेरो समाज अति सम्पन्न थियो । गोठ भरिका गाई गोरू तथा भैसिहरू खोर भारिका बाख्रा, कुखुरा तथा सुंगुरहरू तखताका परेवाहरू, ढुकुरी खाट भित्रका माहुरीहरू, भकारी भरि धान, धुरिमा झुण्डाइएको र बाहिर थ्राक्रा लगाइएका मकैका झुत्ताहरू, जुटका बोरामा चाङ्ग लगाई रहेका कोदाको बोराका खातहरू, तोरिका बोराका बोराहरू, विणामा झुन्डाइएका काव्रmाहरू, पालिमाथी मिलाएर राखिएका पाकेका फर्सिहरू त्यसमाथी झुन्डाइएका खुसार्नी, लसुन, प्याज, चापका सन्दुसमा मिलाएर राखिएका खातका खात घ्यू र महका शिशीहरू, पुराना सिरकका खोलभित्र राखिएका मुरिका मुरि बदामहरू, दारका ठेकोमा हालिएका दहिहरू, मोहीहरू, पोका पोका बनाई राखेका मस्यौरा, सिन्की, गुन्द«ुकहरू, साना—साना टालामा पोको पारेका मुलाका गेडा, रायोका गेडा, काव्रmा, फर्सिका बिऊहरू, खेतमा आलि आलिमा लगाएको मासहरू यो सब र यस्तै अन्य मेरो समाजमा प्रायः सवैको घरमा हुने चिज वस्तु नै थिए । खेत, बारिका छेऊमा केहि ठाउँ छोडि त्यहाँ हुने द्रोेणा पुष्प, रूदिलो, असुरो, घोडताप्रे, चिराइतो साधारण अषौधी मुलोहरू यी सब सम्पन्न समाजमा मात्र हुने कुरा हो ।
अबआजको कुरा गर्रौ । ति पुराना कुरा कथा भए, आज जे हामीसँग छ त्यो हाम्रो आफ्नो उत्पादन हुँदै होइन न कच्चा पदर्थ नै हाम्रो हो । जे छ हााीसँग मुर्त चिज वस्तु छैन सिर्पm छ त अमुर्त कागजी पैसा जसले सरल स्थितिमा त आवश्यक वस्तुहरू प्राप्त गर्न सकिएला तर.........।
यि माथिका सब समस्यका कुराहरू भए समाधान गर्नेतर्फ कुनै पनि पार्टी, व्यक्ति, संघ, संस्था, सरकार लागेको मैले कहिल्यै देखेको छैन । बुद्धिजीविहरू समेत खालि समस्याको मात्र कुरा गरेको देख्छु समाधानको उपायहरु मेरो यो समाजमा गुञ्जीएको सुनेको छैन । तसर्थ आज म यस काठमाडौँ उपत्यकाको उत्तर पश्चिम भन्ज्याङ्गमा यस उपत्यकालाई हेर्दै यो प्रण गर्छु कि मेरो अनुभव मेरो अनुसन्धान र मेरो विवेक यो मेरो देशको लागी सर्मपित हो । मेरो देश फेरि सम्पन्न बनाएरै छोड्छु । म नेपाल माथि विश्वास गर्ने नेपाली हँु र रहनेछु । 

सम्बन्धित समाचार