ओसासुनालाई २–० गोलले हराउँदै जिरोनाले निकाल्यो जित

14.9k Shares

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा जिरोनाले जित निकालेको छ । आज बिहान सकिएको खेलमा ओसासुनालाई २–० गोलले हराउँदै जिरोनाले जित निकालेको हो ।

जिरोनाका लागि क्रिस्टियन पोर्टु र साभिओले एक–एक गोल गरेका थिए । पोर्टुले १३औँ तथा साभिओले ८६औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै जिरोना २८ खेलबाट ६२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको ओसासुना ३६ अंकसहित १०औँ स्थानमा छ ।

शीर्षस्थानमा रहेको रियल मड्रिडको २७ खेलबाट ६६ अंक छ ।

सम्बन्धित समाचार