रियाल मड्रिड र सिटी अन्तिम–८ मा

17.8k Shares

काठमाडौं । आरबी लाइपजिगविरुद्ध समग्रमा २–१ को जित निकाल्दै रियाल मड्रिड यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति घरेलु मैदान सान्टियागो बर्नबेउमा सम्पन्न दोस्रो लेगमा रियाल र लाइपजिगले १–१ को बराबरी खेले । तर, पहिलो लेगमा १–० को जित निकालेका कारण रियालले अन्तिम–८ को यात्रा तय गरेको हो ।

दोस्रो लेगको ६५औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियाललाई १–० को अग्रता दिलाएका थिए । ६८औँ मिनेटमा ओर्बानले गोल गर्दै लाइपजिगलाई खेलमा फर्काएका थिए ।

सम्बन्धित समाचार