एमाले रघुवीरको नेतृत्वमा सरकारमा जाने

17.2k Shares

काठमाडौँ । नेकपा एमालेले रघुवीर महासेठको नेतृत्वमा मन्त्रीहरूलाई सरकारमा पठाउने भएको छ । महासेठले नयाँ मन्त्रिमण्डलमा उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी पाउनेछन् । स्रोतका अनुसार एमालेबाट ७ जना मन्त्री सरकारमा सहभागी हुनेछन् ।

पदम गिरी यसअघि नै विना विभागीय मन्त्री बनिसकेका छन् । उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको छ । अन्य मन्त्रीहरूको नाम पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेलुकासम्म अन्तिम टुङ्गो लगाउने बताइएको छ ।

अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेलसहित अहिले कार्यक्रममा सहभागी हुन बाग्लुङ पुगेका छन् । उनी फर्किए लगत्तै शपथ हुन सक्ने भनेर ‘स्ट्यान्ड बाई’ बस्न महासेठ लगायतका नेताहरूलाई खबर छाडेका छन् । यस्तो खबर पाएपछि महासेठ अहिले भर्खरै जनकपुरबाट काठमाडौँ ओर्लेका छन् ।

 
सम्बन्धित समाचार