प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

17.8k Shares

काठमाडौं- सघीय संसद् अन्तर्गतको प्रतिनिधि सभा बैठक शुक्रबार पनि बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। 

यसअघिका बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सहितका दलहरुले विरोधसँगै अवरोध समेत गरेका थिए। सरकारले ससदमा उठेका कुरालाई सम्बोधन नगरको भन्दै उनीहरुले विरोध गरेका हुन्। 

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने सूचना प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै बैठकमा परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले विमस्टेक बडापत्र प्रस्तुत गर्नेछन्। 

त्यस्तै सघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नीता देवीले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले 'भन्सार विधेयक, २०८० माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। 

सम्बन्धित समाचार