कलाकार खतिवडालाई कुटपिट गरेको अभियोगमा शर्मिला वाइबा पक्राउ

19.2k Shares

काठमाडौं । आफूलाई अभियन्ता बताउँदै बेलाबेलामा चर्चामा आउने गरेकी शर्मिला वाइबालाई पक्राउ गरेको छ । 
कलाकार पवन खतिवडाले आफूलाई कुटपिट गरेको भन्दै शर्मिलासहितको समूहविरुद्ध उजुरी हालेपछि शर्मिलालार्ई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै पीडितले जाहेरी दिएका थिए ।
त्यसपछि उनको खोजी थालेको प्रहरीले सिन्धुपाल्चोकबाट पक्राउ गरेर काठमाडौं ल्याउँदै गरेको काठमाडौं प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार