19k
Shares
काठमाडौँ । प्रहरीले बारामा एक कठ्ठा जग्गामा लगाइएको अफिम खेती फडानी गरी नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रआदर्श, बाराबाट खटिएको प्रहरी टोलीले आदर्शकोतवाल गाउँपालिकामा लगाइएको अफिम खेती फडानी गरी नष्ट गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
गाउँपालिकाको वडा नं.७ स्थित लौकाहा टोलमा लगाइएको अफिम खेती नष्ट गरिएको उनले बताए।