वरिष्ठताको आधारमा संवैधानिक इजलास तोक्ने प्रधान्यायाधीश जबराको प्रतिबद्धता

17.9k Shares

काठमाडौं, १८ जेठ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्न राजी भएका छन् । सर्वोच्च अदालतका बार प्रतिनिधिहरुको सुझावपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताको आधारमा इजलास गठन गर्ने प्रतिबद्धता जनाएको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए ।

प्रधानन्यायाधीश जबरासँगको भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै शाक्यले भने-“प्रधानन्यायाधीशज्यूले कार्यसञ्चालन नियमावली परिमार्जन गरेर वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने जानकारी दिनुभयो, उहाँले एक साताभित्रै नियमावली परिमार्जन गर्ने बताउनु भएको छ।” उक्त नियामावली परिमार्जन गरेर फुट कोर्टबाट पारित गर्ने तयारी छ ।

सम्बन्धित समाचार