स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बनिरहेको छः सभामुख घिमिरे

17.5k Shares

काठमाडौँ – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफै भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन्। राजनीतिक दल र जनपतिनिधिहरुको चेतनाको अभावका कारण सो कार्यक्रम भ्रष्टाचारको माध्यम बन्न गएको उनको भनाइ थियो।

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शनिबार संसद भवनमा आयोजना गरेको नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियामा बोल्दै सभामुख घिमिरेले राजनीतिक दल र जनप्रतिनिधिहरुले मसिनोसँग ख्याल गर्ने हो भने त्यस्ता कार्यक्रमहरुमा हुने भ्रष्टाचारालाई नियन्त्रण गर्न सकिने बताए।उनले क्यान्सरजस्ता घातक रोग लाग्नै नदिने र चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने काममा राजनीतिक दल जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने बताए।

जनतामा चेतनाको अभावमा त्यस्ता घातक रोगहरु लाग्ने र त्यसलाई लाग्नै नदिने गरी जनप्रतिनिधिहरुले चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सभामुख घिमिरले  जोड दिए। उनले क्यान्सर रोगको निदानका लागि आवश्यक ऐन, कानून बनाउने कुरामा आफूले सक्दो सहयोग गर्ने आश्वासनसमेत दिए।कार्यक्रममा बोल्दै राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी थापा (रावल) ले स्वास्थ्य बीमा कार्यक्रम समेटी क्यान्सर रोगको उपचारको व्यवस्था मिलाउन सरकारलाई सचेत गराइन्। उनले किशोरीहरुलाई पाठेघरविरुद्धको क्यान्सर अभियानलाई देशभर सञ्चालन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले क्यान्सर रोग लाग्नै नदिने गरी ठोस कदम चाल्न प्रमुख दलका शिर्ष नेताहरुको ध्यानाकर्षण गराइन्। उनले काठमाडौँ उपत्यकामा फोक्सोको क्यान्सर बढी हुने उल्लेख गर्दै त्यसमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न ढिलाई गर्न नहुने पनि बताइन्।

सम्बन्धित समाचार