राष्ट्रिय सभा सदस्य चुन्न मतदान जारी, परिणाम आजै

18.3k Shares

काठमाडौं, जेठ १७ । राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि लुम्बिनी प्रदेशमा आयोजित उपनिर्वाचनअन्तर्गत मतदान भइरहेको छ ।

निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा रहेका मतदान केन्द्रमा मतदान भइरहेको हो। मतदानको समय दिउँसो ३ बजेसम्म तोकिएको छ ।

यसअघि लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका नेता चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेका कारण पार्टीले उनलाई दल त्यागको कारबाही गरेपछि त्यो पद खाली रहेको हो । त्यही रिक्त स्थान पूर्तिका लागि आज उपचुनाव भइरहेको हो ।

मतदान सकिएलगत्तै मत गणना सुरु गर्ने र परिणाम आजै सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
 

सम्बन्धित समाचार