साना करदातालाई ९० प्रतिशत कर छुट

21.9k Shares

काठमाडौं । सरकाले कोभिड प्रभावित उद्योग व्यवसाय र साना व्यवसायीलाई चालु आर्थिक वर्षको कर छुट दिने नीति लिएको छ । आगामी आर्थिक वर्ष २०७८–०७९ को आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मानव स्वास्थ्य र आर्थिक संकटबाट सिर्जित अवस्थामा करदातालाई राहत र सहुलियतसहित शिघ्र आर्थिक पुनरुउत्थान बजेटको लक्ष्य रहेको बताए ।

कोभिड १९ बाट प्रभावित उद्योगी व्यवसायीलाई कर छुट तथा सहुलियत राजश्व नीतिको माध्यमबाट आन्तरिक तथा तथा बाह्य लगानी प्रवर्द्धन, स्वदेशी उद्योगको संरक्षण र व्यापार प्रवर्द्धन करको दायरा विस्तार र राजश्व चुहावट नियन्त्रणको माध्यमबाट थप राजश्व परिचालन गर्ने सरकारको नीति रहेको उनले बताए ।
Agani Group

राजश्व प्रणालीलाई थप स्वच्छ पारदर्शी स्वाचालित र अनुमानयोग्य बनाउने तथा राजश्व प्रशासनको स्वचालित पूर्वाधार विकास र सूचना प्रविधिको अधिकतम उपयोगबाट राजश्व अभिवृद्धि गर्ने लक्ष्य रहेको उनको दाबी थियो ।

सरकारले चालु आर्थिक वर्षमा आयकरमा वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई ९० प्रतिशत, २० देखि ५० लाखसम्मको कारोबार भएका करदातालाई ७५ प्रतिशत र वार्षिक ५० लाखदेखि १ करोडसम्म कारोबार गर्नेलाई ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । यस्तै कोभिडबाट अति प्रभावित होटेल ट्राभल टे«किङ, यातायात, हवाइ सेवा र चलचित्र उद्योगको करयोग्य आयमा १ प्रतिशत मात्र आयकर लाग्ने र त्यस्ता व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि १० वर्ष बनाउने अर्थमन्त्री पौडेलले बताए ।

सम्बन्धित समाचार