सेफिल्ड युनाइटेडमाथि ब्राइटनको फराकिलो जित

18.4k Shares

काठमाडौं- प्रिमियर लिग अन्तर्गत आइतबार रातिको खेलमा ब्राइटनले सेफिल्ड युनाइटेडमाथि ५-० को फराकिलो जित निकालेको छ। ब्राइटनको जितमा सिमनो एडिंग्राले २ गोल गरे भने फाकुन्डो बुओनानोट र डेनी वेलब्याक र १-१ गोल गरे।

पाँचमध्ये एक गोल भने आत्मघाती भएको थियो। खेलको १३औँ मिनेटमा सेफिल्डका मेसन होलगेट रातो कार्ड पाउँदै मैदान छाडेपछि खेलमा ब्राइटन झनै हावी भएको थियो।

यो जितपछि ब्राइटन ३८ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ। सेफिल्ड भने १३ अङ्कका साथ सबैभन्दा पुच्छरमा रहेको छ।

प्रिमियर लिगको २५औँ चरणको खेल जारी रहँदा लिभरपुल ५७ अङ्कका साथ शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको आर्सनलको ५५ तथा तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५३ अङ्क रहेको छ।

सम्बन्धित समाचार