ललितानिवास जग्गा प्रकरणमा अदालतको फैसलाप्रति राप्रपा नेपालको असहमति

17k Shares

काठमाडौं । राप्रपा नेपालले काठमाडौंको बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा अदालतको फैसलाप्रति असहमति जनाएको छ ।

यही फागुन ३ गते विशेष अदालतले सो प्रकरणमा मुख्य अभियुक्त कलाधर देउजासहित १२ जनालाई दोषी ठहर गरेको थियो । राप्रपाले ‘नीतिगत निर्णय गर्ने राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिने गरी भएको फैसला’प्रति असहमति प्रकट गरेको हो ।

शनिबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विभिन्न पाँच निर्णय गरिएको छ । निर्णय नम्बर–५ को अन्तिम वाक्यमा उल्लेख छ, “ललितानिवास जग्गा हिनामिना प्रकरणमा नीतिगत निर्णय गर्ने राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिने गरी भएको फैसलाप्रति राप्रपा नेपाल असहमति प्रकट गर्दछ ।”

यस्तै, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भएको बैठकबाट निष्कर्ष निकालिएको छ । जनता विकल्पको खोजीमा रहेको राप्रपाको ठहर छ ।

सम्बन्धित समाचार