माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी

17.6k Shares

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ ।

काठमाडौँको भृकुटी मण्डपस्थित राष्ट्रिय सभागृहमा हिजो सुरु भएको बैठकमा यसअघि भएको चार महिने माओवादी रूपान्तरण अभियानका बारेमा समीक्षा भएको छ । आज पनि सो अभियानका बारेमा छलफल हुने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका रहेको छ ।

फागुन १ देखि ३ गतेसम्म हुने विधान अधिवेशन अघि माओवादीले केन्द्रीय समिति बैठक राखेको हो । गत शनिवार सम्पन्न स्थायी समितिले १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव पारित र त्यसलाई पदाधिकारीले टुंगो लगाएर विधान अधिवेशनमा पेश गर्ने निर्णय गरेको भोलिपल्ट केन्द्रीय समिति बैठक सुरु भएको हो ।

हिजोको बैठकमा १० वटै प्रदेशका इन्चार्ज र अध्यक्षले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका थिए ।

सम्बन्धित समाचार