पाकिस्तानमा भएको झडपमा एक जना प्रहरी र तीन जना आतङ्ककारीको मृत्यु

15k Shares

 

इस्लामावाद – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको झडपमा एक जना प्रहरी र तीन जना आतङ्ककारीको मृत्यु भएको छ।

आतङ्ककारीहरूले प्रान्तको डेरा इस्माइल खान जिल्लास्थित प्रहरी चौकी नजिकैको प्रहरी भ्यानमा आक्रमण गर्दा प्रहरी जवानको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले सिन्ह्वालाई बताएका छन्।

प्रहरीले जवाफी कारबाहीमा तीन जना आतङ्ककारी मारिएको बताइएको छ । आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्बेवारी लिएको छैन। तस्विर : एएफपी

सम्बन्धित समाचार