बारा । बाराको बिश्रामपुरबाट गाउँपालिका – बलिरामपुर गाउँ हुदै फूललगायतका मालसामानहरूको तस्करी मौलाएको छ । बिगतकदेखि धेरै तस्करीको मालसामान तथा राजश्व छलीको समानलाई बारा जिल्ला हुँदै पर्सा मा.न.पा–१६ नगवा बस पार्क पछाडि बाटो भएर बसमा लोड गरी राजमार्ग भएर काठमाडौं जाने गरेको छ ।
उक्त नाकाबाट तस्करीको समान बिहानको १० बजेदेखि राति १२ बजेसम्म फूललगायत अन्य मालसामानहरूको तस्करी हुने गरेको छ । साथै सिमानामा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी रकममा लिप्त भएकोले सोही तस्करीको मालसामान राजमार्ग पुग्दा राजमार्गमा खटिने प्रहरी युनिटहरूको पनि मिलोमतो छ । उक्त नाकाबाट फूल तस्करी गर्नेमा बलिरामपुर बाराका सम्भु साहलगायतका तस्करहरू रहेका छन् । सो तस्करहरूबाट प्रहरी चौकीका इन्चार्जका घुमुवा र सशस्त्र प्रहरीका घुमुवाले १ लाखदेखि २ लाखसम्म लिने गरेका छन् ।
प्रहरी चौकी र सिमा नाकाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले रकम लिए बापत उक्त नाका तस्करहरूको प्वाइन्ट नै बनेको छ । जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका घुमुवा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कमल साहका घुमुवा लिने गरेका छन् । बारा प्रहरीका घुमुवा सोनालाल रहेका छन् भने पर्सा जिल्ला प्रहरीका घुमुवा कउसल रहेका छन् । सशस्त्र प्रहरीका बिओपी मुसहरवाका प्रमुख इन्चार्ज दिपक थापा रहेका छन् ।