शिल्पीमा चे शंकरको ‘गंगालाल’

20k Shares

काठमाडौं– बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा माघ १९ शुक्रबारदेखि सहिद गंगालाल श्रेष्ठको जीवनमा आधारित नाटक गंगालाल मञ्चन भइरहेको छ। गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको नाटक चे शंकरको लेखन तथा निर्देशनमा तयार भएको हो। यो नाटक २९ गतेसम्म मञ्चन हुनेछ।

नाटकमा सहिद गंगालाललाई क्रान्तिकारी मात्र नभई एक पूर्ण मानिसको रुपमा प्रस्तुत गरिएको निर्देशक चे शंकरले बताए। विक्रम संवत १९९१ देखि १९९७ सम्म नेपाली राजनीतिक परिवेशमा घटेका घटनाक्रम र सहिद गंगालालका जीवनका घटनाहरुलाई आधार मानी नाटकको कल्पना गरिएको उनले जानकारी दिए। 

नाटक गंगालालमा सहिद धर्मभक्त, सहिद शुक्रराज र सहिद दशरथका साथै टंकप्रसाद आचार्य, गणेशमान सिंह र कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिने छन्। यस नाटक स्कुलका बिद्यार्थी , शिक्षक , राजनीतिज्ञ, लेखक र कलाकारहरुले गंगालाललाइ फरक पाटोबाट चिन्न हेर्नु पर्ने लेखक/निर्देशक चे बताउछन्।

सहिद दिवसको सन्दर्भ पारेर प्रदर्शन गर्न लागिएको यस नाटकलाई हिजो माघ १६ गते नाचघरमा सहिद दिवस मनाउँदै प्रथम मञ्चन गरिएको थियो।

नाटकमा कलाकारहरू निर्भीक, शकु शाह, इनारा बानु, दीपक छल्दंग्या, सन्दिप डंगोल, प्रदिप कुमार चौधरी, निरज दाहाल, विश्वास मानन्धर, ऋषिकेश, कृमु एडेन बात्री, एलिजा तुम्बापो, रेवन राई, रोशन चन्दले अभिनय गरेका छन्। ड्रामाटर्जको भूमिका अनुरागले निर्वाह गरेको नाटकमा संगीत डिजाइन उत्सव बुढाथोकीले गरेका छन् भने साउण्ड डिजाइन रिजन महर्जन र अभिषेक विकले गरेका छन्। नाटकमा प्रयोग भएको कार्टुन रोशन भण्डारीले निर्माण गरेका छन्। 

सम्बन्धित समाचार