सुदूरपश्चिम सरकारले धनगढीका १९ सडकका साढे ११ किलोमिटर कालोपत्रे गर्ने

16.3k Shares

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले धनगढी उपमहानगरपालिकाभित्रका १९ सडक अन्तरगत साढे ११ किलोमिटर कालोपत्रे गर्न प्रक्रिया बढाएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालय कैलालीले धनगढी उपमहानगरभित्रका १९ वटा सडकमा जम्मा साढे ११ किलोमिटर सडक कालोपत्रेको ठेक्का आह्वान भएको जानकारी दिए ।बहुवर्षिय आयोजनाका रुपमा पहिलो चरणमा निर्माण सम्पन्न गर्न ती सडकहरुलाई ६ प्याकेजमा ठेक्का आव्हान गरिएको हो ।

पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख रामचन्द्र खत्रीका अनुसार धनगढी उपमहानगरपालिका–४ रातोपुल–टेम्पल रिसोर्ट–शिवपुरी–तुल्सीचोक–भगवती टोलसम्मको सडक, वडा नम्बर ३ वाणिज्य बैक–विशालनगर–जनता आधारभूत विद्यालय–वीरेन्द्र चोक–रिङ्गरोड जोडने सडक, वडा नम्बर २ मेनरोड–रुवस होटल हुदै बैयावेहडी सडक, वडा नम्बर ३  को नेशनल मार्ग सडक र धनगढी–२ पुरानो भन्सार रोड सडक एकै प्याकेजमा ठेक्का आह्वान भएको छ ।धनगढी ८ देखि १२ नम्बर वडासम्मको  धनगढी गाउँ–जुगेडा सडक, धनगढी–८ पुष्पलाल चोक–धनगढी गाउँसम्मकोे सडक, धनगढी–७ कैलाली बहुमुखी क्यामपस–जाखोरताल सडक र धनगढी–१ त्रिवेणी सडकलाई एकै प्याकेजमा राखेर ठेक्का आह्वान भएको छ ।

धनगढी–५ नैनादेवि–पुरानो हसनपुर सडक, धनगढी ५ र ३ जोडने सामुदायिक प्रहरी पिपल चौतारा–वोराडाँडी–फाप्ला रिङ्गरोड सडक, धनगढी–१३ मैदामिल–कैलाली गाउँ प्रहरी पोष्ट–ढुंगेबजार सडक र धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुर चोकदेखि पूर्व वडा कार्यालय जाने सडकलाई एकै प्याकेजमा राखेर ठेक्का आह्वान भएको छ ।धनगढी–११ वहिरा स्कुल–दक्षिणकाली टोल सडक, धनगढी–४ गठबन्धन चोक–शिवपुरीधाम सडकलाई एउटा प्याकजेमा राखिएको छ । धनगढी–६ मल्लो मटयारी– ढुंगेवजार–उत्तर कृष्णटोल र एक्ताटोल हुदै लक्ष्मीनगर जाने सडक, धनगढी–४ शहिदगेट–शिवपुरी–न्यूरोड सडक खण्डदेखि कैलाली चोकसम्मको सडक कालोपत्रेका लागि एउटा प्याकेज बनाइएको छ ।

धनगढी–२ खप्तड वडीमालिका टोल सडक, र धनगढी २ कै नन्दलाल पन्तको घर देखि पूर्व भरत जोशीको घरसम्म पक्कीनाला सहित ढल निकासलाई एउटा प्याकेजमा राखेर पूर्वाधार विकास कार्यालय कैलालीले ठेक्का आह्वान गरेको छ । पूर्वाधार विकास कार्यालय कैलालीले १८ महिनाको अवधि तोकेर ठेक्का सम्झौता गरिने जनाएको छ ।२०८२ को असारसम्म सबै सडक कालोपत्रे भइसक्ने पूर्वाधार विकास कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित समाचार