लिभरपुल च्याम्पियन्स लिगमा

20.2k Shares

 
काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिगका लागि छनोट भएको छ ।

आइतबार भएको सिजनको आफ्नो अन्तिम खेलमा सहज जित निकाल्दै लिभरपुलले अर्काे सिजन च्याम्पियन्स लिगको यात्रा तय गरेको हो । घरेलु मैदानमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–० ले हरायो ।

लिभरपुललाई जित दिलाउन साडियो मानेले दुई गोल गरे । खेलको ३६औँ मिनेटमा मानेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ७४औँ मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई च्याम्पियन्स लिगमा छनोट गराए ।

जितसँगै लिभरपुलले ३८ खेलबाट ६९ अंक जोड्यो । लिभरपुल तालिकाको तेस्रो स्थानमा रह्यो । पराजित क्रिस्टल प्यालेस ४४ अंकसहित १४औँ स्थानमा सीमित भयो ।

सम्बन्धित समाचार