पूर्व सांसद एवं व्यवसायी इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

21.3k Shares

काठमाडौं– विशेष अदाललते पूर्व सांसद एवं व्यवसायी इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतले आइतबार उनलाई दोषी ठहर गरेको हो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको हो भने सजाय अर्को पेसीमा निर्धारण गर्ने छ।

तीन वर्षभन्दा माथिको कैद सजाय हुने मुद्दामा पुन: अर्का पेसी तोकेर सजाय निर्धारण गर्नुपर्ने मुलुकी अपराधसंहिताको व्यवस्था अनुसार केही दिनपछि विशेषले उनलाई सजाय निर्धारण गर्ने छ।

सम्बन्धित समाचार