19k
Shares
काठमाडौं– यू–१९ विश्वकप अन्तर्गत न्यूजिल्याण्डविरुद्ध नेपालको पाँचौं विकेट पतन भएको छ। पहिलो पावर प्ले मै दुई विकेट गुमाएको नेपालले तेस्रो विकेटका रुपमा कप्तान देव खनाललाई गुमाएको थियो।
देवपछि आएका उत्तम थापामगर पनि शून्य रनमै आउट भएका थिए। त्यसपछि आएका गुलशन झा पनि दुई रन बनाएरै आउट भए। २० दशमलव २ ओभरमा नेपालले पाँचौं विकेटका रुपमा गुलशनलाई गुमाएको छ। ओपनर अर्जुन कुमाल भने क्रिजमा टिकिरहेका छन्।
यतिबेला नेपालले पाँच विकेटको क्षतिमा एक सय रन बनाएर खेलिरहेको छ।